Thursday, April 11, 2013

ताल्चाको तोड


ताल्चाको तोड


गत साता कीर्तिपुरको क्रिकेट मैदानमा नेपाल र यूएईबीच एसीसी क्रिकेटको सेमिफाइनल खेल हेर्न पुगियो। नढाँटी भन्दा यसअघि मैले मैदानमै गएर क्रिकेट हेरेको थिइनँ। त्यस दिन मैदानमा दर्शकको संख्या उल्लेख्य नै थियो। अनुमानित १८ हजारजति मानिस त्यहाँ आफ्नो देशको जित हेर्नका लागि उत्साहित थिए। कसैले अनुहारमा नेपालको झन्डा पोतेका थिए, कसैले हातमा नेपालको झन्डा हल्लाइरहेका थिए, कोही झ्याली पिट्दै थिए, कोही ड्रम बजाइरहेका थिए, कोही अनवरत थपडी बजाइरहेका थिए र सबै करतल ध्वनिमा एउटै शब्द दोहोर्‍याइरहेका थिए : 'नेपाल, नेपाल, नेपाल !'

आफूभन्दा बलिया, अनुभवी र सुविधासम्पन्न खेलाडीले भरिएको यूएईसँगको त्यो खेल नेपालले जित्यो। खेल मैदानमा उपस्थित भएका १८ हजार दर्शक त मात्र प्रतिनिधि थिए, देशभरका अरू नेपालीहरूका, जो त्यहाँ नभए पनि नेपालले जितोस् भनेर दिनभर उत्साहित रहेका थिए। यसले क्रिकेट खेलप्रति हाम्रो बढ्दो रुचि त प्रस्ट पार्छ पार्छ तर अप्रत्यक्ष रूपमा देख्न सक्ने हो भने एउटा अर्को ठूलो पाठ हामीलाई पढाएको छ।

हामी र हाम्रो एकता कतै गएको छैन रहेछ। कारण पाउने हो भने हामी अझै पनि मुट्ठी भएर कस्सिन सक्दा रहेछौँ। कस्सिएको मुट्ठीमा निकै ठूलो तागत हुन्छ। तर, केही स्वार्थी मानिसहरूले त्यो मुट्ठीलाई आन्दोलनका नाराहरूमा उचालिने बनाइदिएका रहेछन्। खेल मैदानको त्यो भीडमा कुनै विभाजन थिएन। त्यहाँ न कोही पहाडी थियो, न कोही मधेसी। न कोही जनजाति थिए, न कोही दलित, न कोही सर्वहारा, न कोही बुर्जुवा, न कोही सुकिलामुकिला, न कोही धूलामैला। त्यहाँ सबै नेपाली थिए, मात्र नेपाली, आफ्नो वास्तविक अनुहार र परचियका साथ। अटेसमटेस गरेर कुममा कुम जुधाएर बसेकाहरू सबै एक थिए। हामी त एकै रहेछौँ भन्ने त्यो सुखद अनुभूतिले निकै दिनदेखि बिथोलिएको मेरो दिमागलाई शीतल बनायो। राजनीतिका नाममा सत्ताको पासा खेल्न थर्की फिँजाएर बसेका शकुनिहरूले मात्र हामीलाई थरीथरी बहानामा फुटाउने रहेछन्, गोटीहरूलाई सारेजस्तो घरी यता र घरी उता सार्ने रहेछन्, नत्र हामीमा कुनै अनेकता छैन भन्ने कुरा एकपटक फेरि क्रिकेट खेल मैदानमा बलियो भयो।

धर्म, राजनीति र भिन्नभिन्न वादका एउटै मात्र निहित स्वार्थ हुन्छ, फुटाउने र राज गर्ने। यो सदियौँ पुरानो तरिका अझै पनि किन हामी चल्न दिन्छौँ ? आजका युगका हामी त निकै विवेकशील र सचेत प्राणी हौँ। तर, दुःखको कुरा के भने मानिसको ज्ञान र चेतनाको विकास राम्ररी नभएका बेलामा केही टाठाबाठा धूर्तहरूले सुरु गरेको यो मूलमन्त्र आज पनि कायम छ। त्यसलाई जरोबाट उखेलेर मिल्क्याउने हामीले नै हो। त्यसका लागि पहल गर्न सायद अझै पनि ढिला भएको छैन। खरानीको थुप्रोभित्र भुंग्रोको अवशेष बाँकी रहुन्जेल आशाको उज्यालो मर्दैन। क्रिकेट मैदानमा त त्यसको राँको नै बलेको थियो। उपयोग गरेको खण्डमा राँकोले न्यानो पनि दिन्छ, उज्यालो पनि दिन्छ। दुरुपयोग गरेको अवस्थामा पोल्छ, डढाउँछ, नाश गर्छ। के गर्ने भन्ने कुरा हाम्रै हातमा छ। नभएको समस्यामा हामीलाई अलमल्याउन खोज्नेहरूलाई फिल हुन नदिनु हाम्रै हातमा छ, अरूको होइन।

ओशोले कुनै किताबमा एउटा सूफी लोककथाको उल्लेख गरेका छन्, जुन आज हाम्रा लागि उपयोगी हुन सक्छ। कुनै एक राजालाई चार जना धुरन्धर विद्वान् प्रत्यासीहरूबाट प्रधानमन्त्री छान्नु थियो। राजाले चारै जनालाई एउटा कोठामा भेला गरेर भनेछन्, 'तपाईंहरूलाई म यो कोठामा थुनेर जान्छु। मैले बाहिरबाट ढोका बन्द गरेपछि यहाँ भित्र भएको यो नम्बरवाला ताल्चा बन्द हुन्छ। यसलाई खोल्ने र्फमुला पत्ता लगाएर जो पहिले बाहिर निस्कन्छ, ऊ नै प्रधानमन्त्रीका लागि योग्य ठहरिनेछ।' राजा बाहिर जानासाथ तीन जना कागज-कलम लिएर हिसाब गर्न बसिहाले। सबैभन्दा पहिले कसले त्यो ताल्चाको तोड फेला पार्ने भन्ने होड सुरु भयो। चौथो प्रत्यासी भने शान्त भावमा आँखा चिम्लेर सोच्न थाल्यो। अरूहरू जटिल गणितीय सूत्रहरू केलाउँदै गर्दा ऊ केही बेरमा जुरुक्क उठेर ढोकातिर गयो र ताल्चालाई तान्यो। ताल्चा बन्द नै थिएन, प्याट्ट खुल्यो र ऊ बाहिर निस्क्यो। समस्याको समाधानका लागि जानेजतिका विद्वता लगाइरहेका बाँकी तीन जनाले त्यो थाहा पनि पाएनन्। राजा चौथो मान्छेलाई लिएर भित्र आएर आफूले प्रधानमन्त्री पाइसकेको बताएर अरू सबैलाई घर जान भने। सबै विस्मित भए। समस्याको समाधान गर्न थाल्नुभन्दा पहिले समस्या वास्तवमै छ कि छैन भन्ने कुरा निक्र्यौल गर्नु आवश्यक हुन्छ र त्यही नै बुद्धिमानी पनि हो।

अहिले हाम्रा राजनीतिकर्मीहरू पनि बन्द नभएको ताल्चाको तोड खोज्न हिसाकिताब गररिहेका छन् र हामी कहिले त्यो खुल्छ र हामीले निकास पाउने हो भनेर कुररिहेका छौँ।

दिवंगत मित्रको सम्झनामा


दिवंगत मित्रको सम्झनामा


शैल उपाध्यायलाई मैले मातृकाप्रसाद कोइरालाको निवास विराटनगरमा भेटेको थिएँ, त्यस्तै ०४५ सालको गर्मी यामतिर। त्यस बेला मातृका बाबुले शैलको परचिय दिँदै भन्नुभएको थियो, "यिनी मेरी बहिनी नलिनीदेवीका छोरा हुन्। अहिले संयुक्त राष्ट्र संघको मुख्य कार्यालय न्युयोर्कमा सहसचिव स्तरका पदमा कार्यरत छन्। अन्तर्राष्ट्रिय जगत्को महत्त्वपूर्ण कार्यालयमा स्थायी पदाधिकारी भई काम गर्न अवसर प्राप्त गर्ने सायद यी पहिलो नेपाली हुन्।"

यो औपचारकि परचियपछिका दिनमा शैलले अमेरकिाबाट नेपाल आउँदा देशको राजनीतिमा चासो राखेर मसँग सम्पर्क गर्न थाले। काठमाडौँ आउनासाथ हाम्रो भेट हुन्थ्यो। नेपाल आएर उनले भेट्ने गरेका मध्ये प्रतिष्ठित पहिलो राजनीतिक व्यक्ति कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो। एकपटक म शैलसँगै कुपन्डोलमा किसुनजीलाई भेट्न गएको थिएँ। उनले एउटा महँगो रक्सीको बोतल र खाम किसुनजीलाई उपहारस्वरूप दिए। किसुनजीले शैलको हात समातेर पुरानो पारविारकि मित्रताको सम्बन्ध स्मरण गर्नुभयो। शैलका पिताजीको परिवारसँग किसुनजीको घनिष्ट सम्बन्ध रहेछ भन्ने दुई जनाबीचको कुराकानीबाट थाहा भयो।

०४६ सालताकाको कुरा हो, त्यस बेला नेपाली कांग्रेसले संयुक्त जनआन्दोलन गर्ने निर्णय गरसिकेको थियो। पार्टीका तर्फबाट किसुनजीले शैललाई एउटा पत्र दिएर भन्नुभयो, "नेपालमा प्रजातन्त्रको पुनःबहालीका पक्षमा अमेरिकी जनमत बनाउनूस्।" शैल अमेरिका फर्किए। उनले नेपालमा जनआन्दोलन सुरु भएपछि अमेरिकी सिनेटरहरूलाई भेटेर वक्तव्य दिन लगाएका थिए।

जनआन्दोलन सफल भएपछिको प्रथम आम निर्वाचनका बेला काठमाडौँ आएर किसुनजीको निर्वाचन क्षेत्रमा उनी संलग्न भएका थिए। त्यस चुनावमा किसुनजी हार्नुभएको थियो। प्रधानमन्त्री निवास छाडेर कुपन्डोल गएपछि म र शैल किसुनजीलाई फेरि भेट्न गएका थियौँ। शैललाई देख्नासाथ किसुनजीले हिन्दीमा कुरा सुरु गर्नुभएको थियो। शैलले भनेका थिए, "हमारे कंश मामा (गिरिजाप्रसाद कोइराला)ने आपको निर्वाचन मे षड्यन्त्र के साथ हरा दिया।" यो सुनेर किसुनजीले शैललाई गम्छाले हिर्काउँदै भन्नुभएको थियो, "त्यस्तो होइन बाबु शैल ! मलाई जनताले भोट नहालेर हराएका हुन्, तपाईंको मामाले हराएको भन्ने कुरा म मान्दिनँ। तर, म हारेको मानिसलाई तपाईं भेट्न आउनुभयो। यो बडो खुसीको कुरा हो। उपहार पनि ल्याउनुभएछ, धन्यवाद छ।"

ठमेलको काठमाडौँ गेस्ट हाउसलाई शैलले एक प्रकारको स्थायी डेरा-घरजस्तो थलो बनाएका थिए। प्रजातन्त्र पुनःस्थापना भएको उपलक्ष्य र संसद्को चुनाव भएको सन्दर्भ पारेर उनले आफूले चिनेका कांग्रेस, कम्युनिस्ट पार्टीका सांसद, पत्रकार, व्यापारी र नागरकि समाजका मानिसहरूलाई पार्टी दिएका थिए। त्यस जमघटमा ४० जना जति आमन्त्रित थिए। यस्तो भेलामा हुने खर्च उनी संयुक्त राष्ट्र संघबाट आउने पेन्सनबाट गर्थे। तिनताका उनले पाउने पेन्सनबापतको वर्षको ६० लाख रुपियाँमा १० लाखजति इष्टमित्र र राजनीतिक पार्टीसँग जनसम्पर्कका निम्ति छुट्याएको भन्ने कुरा साथीभाइलाई सुनाएका थिए।

काठमाडौँ गेस्ट हाउसमा उनले प्रजातन्त्र पुनःबहालीको सुखद अनुभूतिलाई बाँड्न आयोजना गर्ने गरेको स्थिति स्थायी रहेन। त्यसको एक वर्षपछि नेपाली कांग्रेसले पाएको बहुमतको संसद्लाई कांग्रेसकै प्रधानमन्त्रीले भंग गरििदएका थिए। शैलले किसुनजीलाई भेटेर आफ्नो मामाको नामको पछाडि लगाएको विशेषण 'कंश मामा' अब प्रमाणित भइसकेको थियो। यस घटनाले कांग्रेसलाई कमजोर मात्र गराएन, बडो कठिन संघर्षबाट प्राप्त प्रजातन्त्र नै धरापमा पर्‍यो।

त्यसपछि पनि शैलले प्रजातन्त्रलाई कसरी सुदृढ पार्ने हो भन्ने कुरालाई लिएर कांग्रेस र कम्युनिस्टका सांसद, नेता र कार्यकर्ताहरूलाई बोलाएर लगातार चार वर्षसम्म यस्तो जमघट गररिहे। समसामयिक विषयमा छलफल गराउने उनको बानी थियो। लामो समयसम्म संयुक्त राष्ट्र संघजस्तो अन्तर्राष्ट्रिय राजनीतिक सस्ंथामा बसेर जनसम्पर्क गर्न अपनाइने प्रणाली अनुरूपको जीवनशैलीमा उनी अभ्यस्त देखिन्थे। प्रत्येक दिन कुनै न कुनै मित्रलाई आमन्त्रण गरेर सँगै खाना खाने उनको बानी नै थियो। काठमाडाँै आएर बसेका बेला म प्रायः उनीसँगै बस्न थालेको थिएँ। हाम्रो सम्बन्ध एउटै परिवारका दाजुभाइको जस्तो हुँदै गयो।

राष्ट्र संघको नोकरीबाट अवकाश पाएपछि नेपालमै बस्नुपर्छ भन्ने मेरो रातदिनको आग्रहलाई उनले स्वीकार गरी महाराजगन्जमा घडेरी लिइसकेका थिए। नेपाल फकर्ेेर घर बनाउने मनस्थिति बनाए। थापाथलीमा शुभशमशेर राणाको घर भाडामा लिए। अमेरिकाबाट घरगृहस्थीका सामानसमेत ल्याइसकेका थिए। त्यस घरमा म र प्रदीप गिरीजी बस्ने गरेका थियाँै। उनी आफू भने काठमाडौँ गेस्ट हाउसमै बस्थे।

०५२ सालमा माओवादी द्वन्द्व सुरु भएपछि शैलले नेपाल र्फकने विचार परविर्तन गरे। द्वन्द्व सुरु हुनुअघि बाबुराम भट्टराई र हिसिला यमी अमेरिका गएका बेलामा शैलसँग सम्पर्क भएको रहेछ। उनले त्यहाँ भट्टराई दम्पतीलाई अमेरिका घुम्न र बस्न सहयोग गरेछन्। त्यस सम्बन्धलाई शैलले निरन्तरता दिँदै द्वन्द्व अवधिभरि माओवादीसँग निरन्तर सम्बन्ध कायम राखेका थिए। भूमिगत जीवनमा प्रवेश गर्नुभन्दा केही महिनापहिले बाबुराम र हिसिला शैललाई भेट्न गेस्ट हाउसमा आएका पनि थिए। द्वन्द्वका दिनहरूमा काठमाडौँमा भूमिगत रूपमा कार्यरत माओवादी कार्यकर्ता र पत्रकारहरूले शैलसँग भेटेर आर्थिक सहयोग लिने गरेका पनि थिए। द्वन्द्वको समाप्तिपछि बनेका लडाकूका शिविर शक्तिखोर, चुलाचुलीजस्ता स्थानमा पनि यदाकदा गएर आर्थिक सहयोग गर्ने गरेको कुरा उनले भनेका थिए। सरकारी खर्चमा शिविरमा बसेका माओवादीका पूर्वलडाकूहरूलाई आर्थिक सहयोगको आवश्यकता छैन होला भनेर मैले चर्चा गर्दा उनले भनेका थिए, "गाउँले, गरबि जनताका छोराछोरी आफ्नो सुखद भविष्यको कल्पना गर्दै ज्यानको बाजी लगाएर लड्दै शिविरमा आई बसेका छन्। उनीहरूको कष्टकर जीवनका बारेमा सुन्न, हेर्न र विचार जान्न इच्छा भएकाले म त्यहाँ गएको हुँ, सहयोग गरेको पनि हुँ। यस्ता घटनाले नेपाली समाजमा ठूलो परविर्तन हुन लागेको देखेकाले समर्थन जनाउन त्यहाँ गएको हुँ।"

पछिल्ला दिनमा शैल काठमाडाँै आउँदा माओवादी नेताहरूमा ठूलै परविर्तन आइसकेको थियो। उनीहरू माओवादी नरहेर खाओवादीमा परिणत भइसकेका थिए। नेताहरूको जीवनशैली विलासितामा लिप्त भइसकेको थियो। शिविरमा बसेका गरबि जनताका छोराछोरी अयोग्य घोषित भएर घर फर्किसकेका थिए। माओवादी नेतृत्वले नेपाली जनतासँग गरेको धोखाधडीबाट शैल दुःखी हुँदै अमेरिका फर्किए। त्यसपछिका दिनमा उनी कहिल्यै फर्केर आएनन्।

शैल नेपालमा बस्दा सम्पर्कमा रहेकाहरूलाई जस्तो सहयोग गर्थे, त्यस्तै सहयोग अमेरिका बस्दा पनि गर्थे। उपचार गराउन, घुम्न वा व्यापारको सिलसिलामा त्यहाँ जाने नेपालीलाई शैलले सम्पर्क र सहयोग गर्ने गरेको कुरा उनको डिनर पार्टीमा सामेल भएकाहरू आफैँले सुनाउँथे। बीपी कोइराला उपचार गराउन अमेरिका जाँदा शैलले ठूलै रकम सहयोग गरेको कुरा उनकी सानिमाकी छोरी दिवंगत शैलजा आचार्यको मुखबाट धेरै कांग्रेसीजनले सुनेका छन्। त्यस बेला बीपीका साथ गएका सुशील कोइराला अहिले नेपाली कांग्रेसका सभापति छन्।

एक वर्षदेखि शैल उपाध्याय अस्वस्थ भएर अमेरिकामै उपचार गराइरहेका थिए। फागुनमा ०६९ मा नेपालको लोकतान्त्रिक राजनीतिका सहयोगी तथा शुभचिन्तक शैल उपाध्याय दिवंगत भएको खबर दी काठमाण्डू पोस्टमा प्रकाशित भयो। माघको तेस्रो साता उनको निधन भएको रहेछ। तर, काठमाडौँ बस्दा उनले आमन्त्रण गरेर बनाएका मित्र, साथीभाइ, नातागोता कसैले पनि स्मरण गरेर उनको मृत्युमा समवेदनाका शब्द प्रकट गरेको पाइएन। कस्तो संवेदनहीन रहेछौँ हामी?

नेपाल साप्ताहिकका तर्फबाट शैलका बारेमा संस्मरण लेख्न आग्रह गरिएकाले दिवंगत मित्रलाई सम्झने यो अवसर मिलेको हो। अखबार भनेको जनताको वाणी, विचार र सुख-दुःखको भावना प्रकट गर्ने/गराउने एउटा सभ्य माध्यम हो। यस्तो सत्कर्म सबैका लागि सदैव अनुकरणीय रहनेछ। अन्त्यमा दिवंगत मित्र शैल उपाध्यायको आत्माको चिरशान्तिका लागि ईश्वरसँग प्रार्थना गर्छु।

त्यो बलि चढेको पाडो


त्यो बलि चढेको पाडो


काठमाडौँलाई बाईबाई गरेको तेस्रो दिन सहकर्मी उपहारजंग शाहसँग पोखरा हुँदै पाल्पाको भैरवस्थान मन्दिर पुगियो। मनोकांक्षा पूरा भएपछि मन्दिरमा चामलको पीठोले बनेको रोटदेखि पशुबलि चढाउनेको भीड लाग्दो रहेछ। हामी पनि त्यसै भीडमा मिसियौँ र भैरवको मूर्तिमा पाँच रुपियाँ चढाएर ओर्लियाँै।

मन्दिर परिसरको चोकको कुनामा एक जना मानिस बडेमाको खुकुरी ढुंगामा घोटेर धार लगाउँदै थिए। चोकको बीच भागमा एउटा सानो पाडो बाँधिएको थियो। पाडो र मन्दिरलाई एउटै प|mेममा पारी फोटो खिच्ने उद्देश्यले क्यामरालाई पाडोनजिक लगेको मात्र थिएँ, पाडो त डोरी नै छिनालुँलाजस्तो गरी तन्किएर मलाई हेर्दै नराम्रोसँग करायो। मैले 'एंगल' चेन्ज गरीगरी क्यामराको बटन दबाएँ। पाडो लगातार मलाई हेरेर कराइरह्यो। मैले पाडोको टाउको सुमसुम्याएँ, उसको आँखाबाट बगेको आँसुले गालासम्म डोब बनिसकेको थियो।

पाडो डोर्‍याएर ल्याउनेले मेरो हर्कत नियालिरहेका रहेछन्। नजिक आएर भने, "पाडो भोको छ, तपाईंसँग खानेकुरा मागेको।" मसँग पाडोलाई खुवाउन केही चीज थिएन, मैले उसको टाउको सुमसुम्याइरहेँ। यत्तिकैमा खुकुरी लिएका मानिस नजिकै आए। पाडो काटेको हेर्ने साहस ममा थिएन।

भैरवस्थान मन्दिरमा बलि दिँदा मन्दिरका घन्टहरू बजाउने चलन रहेछ। म जुत्ताको तुना कस्दै थिएँ। केही समय जोडतोडले बजेका घन्टका आवाज एकाएक बन्द भए। घन्टको आवाजसँगै बिचरा पाडोको इहलीला समाप्त भएको थियो। मन्दिरबाट ओर्लेपछि बाटोमा भैरवलाई रोट चढाउन स्याङ्जाबाट आएकी एक दिदीसँग भेट भयो। एक किलोको रोटले ढाकिएको पूजा थाली थियो, उनको हातमा। उनको अनुहारमा मनोकांक्षा पूरा भएको चमक देख्न सकिन्थ्यो। आखिर भैरवले रोट मात्र चढाउनेको पनि मनोकांक्षा पूरा गरििदँदा रहेछन्। मानिसहरू किन पशुबलिको भाकल गर्दा हुन् ? यात्राभर िमेरो मनमा त्यही प्रश्न खेलिरह्यो। त्यो निर्दोष पाडोको क्रन्दन आँखामा झलझली नाचिरह्यो।