चमत्कार ! , अचम्म ! अस्चार्य ! यस्ता शब्दहरु बिगतको हफ्ता नेपाली क्रिकेट समर्थकहरुले धेरै बोले , लेखे , सोचे l बस्ताबमै नेपाली क्रिकेट टोलिले डिभिजन-३ क्रिकेटमा पाएको सफलतालाई तिनै शब्दहरुले न्याय दिन सक्छ l
प्रतियोगिता जित्ने उद्देश्यका साथ बर्मुडा पुगेको नेपाली क्रिकेट टिमले त्यति बेला झट्का ! पायो जति बेला अमेरिकाले पहिलो खेलमै नेपालि आत्मविश्वास माथि धावा बोल्यो भने दोश्रो खेलमा युगान्डाले पनि आशाहरु माथि तुषारापात गर्न कुनै कसुर बाँकि राखेन l फलस्वरुप विश्वकपको महत्वाकांक्षी सपना देख्ने नेपाली समर्थकहरु निकै निराश बन्न पुगे र बाँकी रहेको प्रार्थना बाहेक त्यसपछि केहि गर्न सकेन l तर भाग्य नेपालकै साथमा थियो , सधै पशुपतिनाथ कि जय ! भन्ने नेपाली खेलाडीहरुलाई सायद उनैले कृपा गरे l नेपालले बाँकी ३ खेल मात्रै जितेन प्रतिद्वन्द्वीलाई क्रिकेट कसरि खेल्ने पनि राम्रै सिकायो भने अर्को तर्फ नेपाललाई जे आवस्यक थियो त्यस्तै नतिजा अन्य टोलिहरुको खेलमा पनि निस्कदा बल्ल ! नेपालीहरुले पुनः भगवानलाई धन्यवाद दिने मौका पाए l
सधैको दिक्क ! लाग्दो राजनीति र देशको अवस्थाले आजित बनेका नेपालीहरुलाई नेपाली क्रिकेटको यो फड्को ! ले पुनः देश प्रति गर्ब गर्ने वातावरण श्रीजना गर्यो भने शिर ठाडो गर्ने बहाना l
यूरोपियन फुटबल र आइपिएलमा झुम्मिनेहरु रातभरि यसपाली फेसबुकको पेज , ग्रुप र टिभी स्क्रिनहरु मा झुम्मिरहेका थिए l धन्न ! राति भने नेपालमा लोडसेडिङ हुँदैन नत्र अर्को जनआन्दोलन भाको भए अचम्म ! मान्नु पर्थेन l राति आकासै खसे पनि हलचल ! नगर्ने नेपाली टिभी च्यानलहरु समेत १-१ बलको अपडेट दिरहेको देख्दा , बेला-बेला मुख धुने स्थिति नआएको हैन l
डिभिजन-३ क्रिकेट प्रतियोगिता बाट नेपाली क्रिकेट टिमले डिभिजन-२ मा बढुवा मात्रै पाएको हैन त्यो संगसंगै यसखेल प्रति हेरिने दृष्टिकोण र आशाहरुमा समेत बढुवा पाएको हो l " लगानी कम प्रतिफल र आशा बढी - नेपाली क्रिकेट " , अन्तरास्ट्रिय क्रिकेटमा छोटो समयमै पाएको सफलताले यो कुरामा झनै गम्भीर बनाएको छ भने झनै जोड-तोडका साथ क्रिकेटमा लगानी गर्नु पर्ने कुरा पुनः उठ्न थालेको छ l
समग्रमा क्रिकेट विश्वकप को दुइ वटै संस्करणको विश्वकप अन्तिम छनौट प्रतियोगितामा नेपालले स्थान बनाउनुले क्रिकेट खेल प्रति सम्पूर्ण खेलप्रेमीहरुको आशा ह्वात्तै बढाईदिएको छ l क्रिकेट खेलनै एक मात्र यस्तो खेल हो जसले नेपाललाइ निकै छिट्टै उचाई प्रदान गर्न सक्नेछ भन्ने कुरा अहिले सबैले बुझिसकेका छन् l तर कुरा गरेर खाना पाक्दैन भन्ने यथार्थ पनि सबैलाई बुझ्नु जरुरि छ l
पुर्ब रास्ट्रीय क्रिकेटर राजु बस्नेत भन्नु हुन्छ " अहिले सम्म नेपाली क्रिकेटले पाएको सफलतामा खेलाडीको मेहनतको हिस्सा निकै धेरै छ , अब हामि अगाडी बढ्ने हो भने हामीले क्रिकेटमा पुर्बधारहरुको विकास गर्नु पर्छ र क्रिकेटमा अरु लगानी भित्र्याउनु पर्छ " l नेपालले अबको ६ महिनामा टि-२० विश्वकप छनौट खेल्ने छ भने अर्को बर्ष ५० ओभर विश्वकप छनौट यदी नेपाल विश्वकप क्रिकेट खेल्न चाहन्छ भने अब क्रिकेट संघले पैसा छैन भनेर माफी पाउने अवस्था छैन l " टि-२० र ५० ओभर विश्वकप खेल्ने हाम्रो सम्भावना प्रस्तत छ भने , कमसेकम एकदिवसीय मान्यता पाउने हाम्रो क्षमता छ तर त्यसको लागि अहिले देखिनै तयारी थालिनु आवस्यक छ " पुर्ब कप्तान बिनोद दास बताउछन l हो बिनोद दासले भने जस्तै क्रिकेट संघले अहिले देखिनै तयारी थाल्नु अत्यावस्यक छ l राम्रो बिदेसी टोलिहरु संग नियमित अभ्यास खेलको बातावरण मिलाउनु क्रिकेट संघको अबको जिम्मेवारी हो जुन हुन् सके नेपाली टिमले उत्कृस्ट नतिजा ल्याउनेमा धेरै हद सम्म बिश्वास गर्न सकिन्छ l
अवस्य पनि विश्वकप छनौट ठुलो अवसर हो र यदी हामि सफल भएनौ भने हामीले पुनः कुर्नु पर्ने छ र त्यसले खेलाडीहरुको मनोबलमा असर पार्नेछ भने अर्को तर्फ पुस्तान्तरणले गर्दा यस्ता प्रतिभाहरु नहुने सम्भावना पनि रहन्छ l यदी यो बेलाको टिमले सफलता हात पारेमानै आगामी पुस्तालाइ पनि उर्जा प्राप्त हुनेछ भने क्रिकेटमा लगानी गर्नेहरुको पनि वृद्धि हुनेछ l
अबको एक-डेढ बर्ष नेपाली क्रिकेट टिमको प्रदर्शनले नेपाली क्रिकेटको भबिश्य निर्धारण गर्नमा ठुलो भूमिका खेल्ने छ त्यसैले यो अबधिमा हुने क्रिकेटको दुवै संस्करणको विश्वकप छनौट प्रतियोगितामा नेपालको सहभागिता निकै प्रतिक्षित छ l सम्पूर्ण नेपालीहरु र खेलप्रेमीहरु नेपाली क्रिकेटको सफलता हेर्न आतुर छन र यही अबधिनै नेपाल क्रिकेट संघले आफ्नो कार्यक्षमता देखाउने अनि आफुलाई प्रमाणित गर्ने निकै राम्रो अवसर हो l नेपाल क्रिकेट संघले यो महत्वलाइ बुझी अब निकै गम्भीर ढंगले सोच्नु पर्ने छ भने न्वारन देखिको बल लगाएर अब काम गर्नु पर्ने छ l
No comments:
Post a Comment